Free Event !!!!!!! नेपालीहरुको पर्व गाइजात्रा एवं हरितालिका तीजको अवसरमा गोर्खा समाज अस्ट्रेलियाले अघिल्लो बर्ष जस्तै यो बर्ष पनि बृहद कार्यक्रम आयोजना गर्दैछ। नेपालका चर्चित कलाकार तथा स्थानीय कलाकार हरुको विविध प्रस्तुति रहने यस कार्यक्रममा लाखे नाच, टाकटुके नाच, दोहोरी गीत तथा तीजका गीत / नृत्यहरु प्रस्तुत गरिने छ। प्रवेश निशुल्क रहेको यस कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सिड्नीबासी महानुभाबहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । स्थान: वाइट् पार्क, लिडकम्ब। मिति : १८ अगस्ट २०१९ (आइतबार)