Event Details

  • home
  • event details
गाईजात्रा तथा तीज कार्यक्रम

गाईजात्रा तथा तीज कार्यक्रम

  • Event Date: 18 Aug 2019
  • Location: गोरखा समाज अष्ट्रेलिया

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरू माझ नेपाल र नेपालीहरूको संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्धेश्यले गोरखा समाज अष्ट्रेलियाले विगतमा जस्तै यस वर्ष पनि यही आउँदो 18 August 2019 गतेका दिन गाईजात्रा तथा तीज कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा नेपाली हाँस्य कलाकार रोजन्द्र पोखरेल (राजा राजेन्द्र) तथा चर्चित लोक दोहोरी गायिका बविता बानियाँ (जेरी) का साथमा नेपाली स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ । प्रवेश निशुल्क रहेको उक्त कार्यक्रमको प्रमुख आकर्षणको रुपमा नेपालका मौलिक झाँकी, नृत्यहरू लाखे नाच, टाकटुके नाच, सामुदायिक नाचहरू र प्रत्यक्ष दोहोरी प्रस्तुत हुनेछन् । विहान ठीक ११ बजे सम्पन्न हुने परेड मा नेपाली मौलिकता झल्काउने भेषभूषाका साथै नेपाली बाजागाजाहरु सहितको झाँकी प्रस्तुत हुनेछ । । उक्त परेडमा सहभागितका लागि हामी सम्पूर्ण सामाजिक संघसंस्थाहरु तथा सिड्नीवासी दाजुभाईदिदीबहिनीहरुलाई अनुरोध गर्दछौँ । गत वर्ष प्रस्तुत झाँकीका केही झलकहरु ।

Subscribe To Newsletter

Become a GSA Friend

* indicates required