अष्ट्रेलियाको विभिन्न भूभागमा छरिएर रहेका गोरखालीहरूलाई एकतृत गर्दै विविध सामाजिक कार्यहरू गर्दै आएको गोरखा समाज अष्ट्रेलियाको चौथो साधारण सभा, साँझ विविध मनोरञ्जनात्मक कार्यक्रम र डिनरको साथमा तल उल्लेखित स्थान, समय र मितिमा सम्पन्न हुँदैछ । स्थानः Rest Function Center, Merrylands मितिः एप्रिल २४, २०२१ साधरण सभा समयः दिनको ठीक ३ बजे मनोरञ्जनात्मक डिनर कार्यक्रमः ५ बजे पछि हालको कार्यसमितिको दुई बर्से कार्यकाल समापन सँगै कोभिडका कारणले गत वर्ष स्थगित हुन गएको बार्षिक साधरण सभाको परिप्रेक्ष्यमा आगामी साधारण संभाले नयाँ कार्यसमिति चयन गर्नेछ । साधरण सभा तथा डिनर कार्यक्रममा सहभागी भई सामाजिक सद्भभाव अभिबृद्धि गर्ने हाम्रो प्रयासमा साथ दिन सम्पूर्ण गोरखाली तथा शुभचिन्तक दाजुभाइ दिदीवहिनीहरूलाई हार्दिक अनुरोध गदैछौँ ।